global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालका ६ जिल्ला कोरोनामुक्त

नेपालका ६ जिल्ला कोरोनामुक्त

नेपालका ६ जिल्ला कोरोनामुक्त

नेपालका ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोजपुर, संखुवासभा, काभ्रे, रसुवा, मनाङ र मुस्ताङ जिल्ला कोरोनामुक्त भएका हुन् ।

देशका ७१ जिल्लामा भने कोरोना संक्रमण अद्यापि छ । हालसम्मको तथ्यांकअनुसार आरटि–पिसिआर परीक्षणमध्ये संक्रमण दर ५.३ प्रतिशतमात्र रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार मृत्युदर कुल संक्रमितको ०.२ प्रतिशत छ ।

नेपालमा शुक्रबारसम्म ३ लाख ७५ हजार ४१६ जनाको परीक्षण भएकोमा १९ हजार ७७१ जना संक्रमित फेला परेका छन् । तीमध्ये १४ हजार ३३९ जना सफल उपचारपछि घर फर्किसकेका छन् भने ५६ जनाको मृत्यु भएको छ । शुक्रबारमात्र थप २२४ जना संक्रमित थपिए भने चार जनाको ज्यान गएको छ ।

प्रकाशित समय : ०३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु