global ime bank Long Banner Ad

गृहपृष्ठ टीभीएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री

टीभीएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री

टीभीएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री

काठमाडौं । ‘नाडा अटो शो २०१८’ मा पहिलो पटक सार्वजनिक भएको टीभीएस एनटर्क १२५ छोटो समयमै नेपालमा सर्वाधिक सफल स्कुटरको रुपमा स्थापित भएको छ । जगदम्बा मोटर्सले आज भर्चुअल कार्यक्रम गर्दै टीभीएस एनटर्क १२५ नेपालमा सर्वाधिक सफल स्कुटर बन्न सफल भएको जगदम्बा मोटर्स कम्पनीले जनाएको छ ।

उक्त भर्चुअल कार्यक्रममा टीभीएस एनटर्क १२५ का ब्राण्ड एम्बेसेडर अभिनेता प्रदीप खड्का र अभिनेत्री स्वस्तिमा खड्काको पनि उपस्थिति रहेको थियो । ग्राहकका इच्छा र चाहानाअनुरुप यसले प्रदर्शन गर्न सकेका कारण यसले छोटो समयमा नेपालमा सफलता प्राप्त गरेको छ ।
जगदम्बा मोटर्सले नेपालमा नै पहिलो स्मार्ट कनेक्ट सहितको पावरफूल स्कुटर भित्र्याएको थियो । हाल यो स्कुटर विभिन्न ३ भेरियन्टमा उपलब्ध रहेको छ । ड्रम ब्रेक, डिस्क ब्रेक र रेश एडिसन गरी तीन भेरियन्टमा रहेको यो स्कुटर महिला वर्गमा मात्र होइन युवा तथा जुनसुकै उमेर समूहका चालकलाई सुहाउँदो रहेको छ ।

भारतमा स्कुटर अफ दि इयर अवार्ड, अटो कार अर्वाड, वेष्ट कम्युटर टु ह्वीलर अवार्ड जस्ता विभिन्न अवार्ड जित्न सफल रहेको एनटर्क रेसिङ डीएनएबाट प्रेरित रहेको छ । नेपालमा १२५ सीसी सेग्मेन्टमा सर्वाधिक सफल स्कुटर एनटर्क १२५ सीसी सेग्मेन्टका अन्य स्कुटरको तुलनामा धेरै फिचर, बढी पावर तथा आर्कषक आवरणका कारण चर्चामा रहँदै आएको छ ।

एनटर्क १२५ को सफलतामा जगदम्बा मोटर्सका भाइस प्रसिडेन्ट दीपक अग्रवाल भने, ‘सेग्मेन्टमै सर्वाधिक फिचर र टीभीएसको नयाँ डिजाइनले एनटर्क १२५ लाई सफल बनाएको हो । यसमा रहेका हरेक फिचर चालकलाई सहज बनाउन सहयोग गर्ने किसिमका छन् । यसको पावर र डिजाइनले जो कोहीलाई सहजै लोभ्याउने किसिमको छ ।’

यसमा सेग्मेन्टमा नै पहिलो स्मार्ट कनेक्ट फिचर दिएको छ, जसमा चालकलाई हेल्मेट वार्निङ, ब्लुटुथ कनेक्ट, कल अर्लट, एमएस अर्लट, जीपीएस, टन वाइ टर्न नेभिगेशनजस्ता कि फिचर रहेको उनले बताए । एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कुल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यो पावर फिगर अन्य प्रतिस्पर्धी १२५ सीसीको भन्दा केही धेरै र १५० सीसीभन्दा केही मात्र कम हो ।

यसको पावर तथा स्मार्ट कनेन्ट फिचरले एनटर्कलाई छोटो समयमा नेपालको नम्बर १ स्कुटर बन्न सफल भएको उनले बताए । यससँगै दशैं तिहारलाई लक्षित गर्दै कम्पनीले ‘टीभीएस दशैंको आशा’ योजना पनि ल्याएको छ । ग्राहकहरुले टीभीएस मोटरसाइकल मो खरिदमा ९ हजार नगद छुट पाउनेछन् भने स्कुटरको खरिदमा सात हजार नगद छुट पाउँनेछन् ।

साथै ग्राहकहरुले शून्य प्रतिशत ब्याजमा फाइनान्सको सुविधा पनि पाउन सक्नेछन् र एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत् आरआर ३१० मोटरसाइकल पनि जित्न सक्नेछन् । यो योजना देशभरका टीभीएसको शोरुमहरुमा उपलब्ध हुनेछ ।

प्रकाशित समय : १६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु