चितुवाको आक्रमणबाट काठमाडौंमा एकैपरिवारका ५ जना घाइते
वि.सं.२०७९ असार ३० बिहीवार १३:५३
shares

काठमाडौंमा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् । बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका-८ भीमढुंगामा घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।
भीमढुंगास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको शरीका विभिन्न ठाउँमा चोट लागेको छ ।

























