गृहपृष्ठ ‘ढिलो-चाँडो पुगिने श्रीलंका नै हो’
‘ढिलो-चाँडो पुगिने श्रीलंका नै हो’
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अहिलको कार्यशैलीबाट श्रीलंकामा पुग्ने भन्दै सच्चिन आवश्यक रहेको बताएका छन् । श्रीलंकामा दिनदिनै गहिरिँदै गएको आर्थिक संकटप्रति लक्षित गर्दै श्रेष्ठले नेपाल पनि त्यही बाटोमा आग्रसर रहेको दाबी गरेका हुन् ।
उनले देशको अवस्था सुधारका लागि बेलैमा पहल लिन आह्वान गरेका छन् । ‘हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं । यो सही नै हो । तर तीतो सत्य यो पनि हो कि निष्ठा, विचार, सिद्धान्त: एवं मूल्यविहीन भ्रष्ट स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा पुर्याउने त्यतै हो,’ श्रेष्ठले भनेका छन् ।
सचेत भएर समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामूहिक एवं संगठित प्रयत्न गर्न उनले आग्रह गरेका छन् ।
प्रकाशित समय : ०१:२४ बजे



















