गृहपृष्ठ सर्वोच्चद्वारा वायुसेवा निगमको अध्यक्षबाट अधिकारीलाई हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी
सर्वोच्चद्वारा वायुसेवा निगमको अध्यक्षबाट अधिकारीलाई हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी
सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा निर्देशन जारी गरेको छ ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा १५ दिनभित्र लिखित जबाफ पेस गर्न विपक्षीका नाममा आदेश गरिएको छ ।
निवेदकको मागअनुसार अन्तरिम आदेशका लागि असार २८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले कार्यशैली चित्त बुझ्दो नभएको भन्दै अधिकारीलाई मन्त्रिपरिषद्को असार ६ को बैठकबाट निलम्बनको निर्णय गराएका थिए । साथै क्याप्टेन दिपुराज ज्वारचनलाई मन्त्रिपरिषद्बाट महाप्रबन्धक नियुक्त गरेका थिए ।
सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशमा अधिकारीलाई ४ वर्षका लागि अध्यक्ष नियुक्त गरिएको, नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा २० बमोजिम गरिएको निलम्बन कानुनविपरीत रहेको भन्दै तत्काललाई निलम्बनको निर्णय कार्यान्वयन नगर्न भनेको हो । साथै अध्यक्ष पदमा पूर्ववत् काम गर्न दिन पनि भनिएको छ ।
प्रकाशित समय : ०२:३३ बजे