global ime bank Long Banner Ad

गृहपृष्ठ सरकारले भित्रभित्रै एसपीपीमा सम्झौता गर्ने काम गरिरहेको छ : भीम रावल

सरकारले भित्रभित्रै एसपीपीमा सम्झौता गर्ने काम गरिरहेको छ : भीम रावल

सरकारले भित्रभित्रै एसपीपीमा सम्झौता गर्ने काम गरिरहेको छ : भीम रावल

नेकपा (एमाले)का सांसद् डा.भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद् रावलले यस्तो बताएका हुन् । उनले कुनै किसिमबाट सरकारले एसपीपीमा जोडिने रणनीति गरिरहेको कुरा सुनिएको भन्दै यसबारेमा गहन अध्ययन र खोजको आवश्यकता रहेको बताए । सांसद् रावलले सम्झौता अघि नबढाउने बारेमा मन्त्रीहरुले नै संसद्‌मा स्पष्ट पार्दासमेत प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई द्वन्द्वमा धकेल्नका लागि साझेदारी कार्यक्रममा कुनै न कुनै किसिमले  नेपाललाई अल्झाइरहने चलखेल गर्न लागिएको बताए । 

उनले सत्ता पक्षकै सांसद्ले पत्र नपठाएको कुरा संसद्‌मा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसको जबाफ दिन आवश्यक रहेको बताए । सांसद् रावलले यत्तिको समय बितिसक्दा पनि पत्र नपठाउनु गम्भीर भएको बताए । 

उनले नेपालको परराष्ट्र नीति नेपालको संविधानबमोजिम नेपाल कुनै पनि देशको राजनीतिक र सामरिक गठबन्धनमा सामेल हुन नमिल्ने उल्लेख गर्दै कोही प्रधानमन्त्री वा सरकारले त्यो काम गरे जनता र देशमाथि घात हुने बताए । 

प्रकाशित समय : ०२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु