global ime bank Long Banner Ad

गृहपृष्ठ अर्थ मन्त्रालय प्रधानमन्त्री देउवा आफैँले सम्हाल्ने

अर्थ मन्त्रालय प्रधानमन्त्री देउवा आफैँले सम्हाल्ने

अर्थ मन्त्रालय प्रधानमन्त्री देउवा आफैँले सम्हाल्ने

अब अर्थ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै सम्हाल्ने भएका हुन् । बुधबार शर्मामाथि छानबिन गर्न संसद्ले ११ सदस्यीय समिति गठन गरेपछि उनले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएका थिए । 

शर्माले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा (२) अनुसार देउवालाई अर्थमन्त्रालयको जिम्मेवारी तोकेकी हुन् । 

शर्मा नेकपा (माओवादी केन्द्र)बाट अर्थमन्त्री बनेका थिए । शर्मामाथि छानबिन सकिएपछि मात्र नयाँ मन्त्री पठाउने माओवादीको तयारी छ । 

प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै माओवादी नेता वर्षमान पुनले तत्कालै कुनै पनि नेतालाई अर्थमन्त्रीमा नपठाइने बताएका थिए । 

प्रकाशित समय : ०२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु