global ime bank Long Banner Ad

गृहपृष्ठ  कांग्रेसको सरकार छाडेर आए नेकपा (एस) र माओवादीसँग चुनावी तालमेल हुन्छ : शंकर पोखरेल

 कांग्रेसको सरकार छाडेर आए नेकपा (एस) र माओवादीसँग चुनावी तालमेल हुन्छ : शंकर पोखरेल

 कांग्रेसको सरकार छाडेर आए नेकपा (एस) र माओवादीसँग चुनावी तालमेल हुन्छ : शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताएका छन् । 

एमाले जिल्ला कमिटी कैलालीले बुधबार धनगढीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा उनले स्थानीय तहको चुनावले एमाले कमजोर नभएको बताए । अहिले पनि कम्युनिष्टको अनुहार एमालेभित्र मात्रै रहेको भन्दै उनले कम्युनिस्ट पार्टी मिलाउने सक्ने क्षमता एमालेसँग मात्रै रहेको बताए ।

 कांग्रेसको सरकार छोडेर आए र विगतका कमजोरीमा गल्ती भएको महसुस गरे मात्र नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सित चुनावी एकता हुनसक्ने उनको भनाइ थियो । 

एमाले कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘पदका लागि भन्दा पार्टीलाई जिताउन लाग्नुपर्छ, सरकारका गलत कामको विरोध गरेर भण्डाफोर गर्दा एमालेले जित्छ, जनता एमालेसँग रिसाएका छैनन् ।’

प्रकाशित समय : ०२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु