गृहपृष्ठ अर्थमन्त्रीको विवादबारे संसदीय समिति बनाएर छानबिन गर्न काँग्रेस उपसभापति खड्काको माग
अर्थमन्त्रीको विवादबारे संसदीय समिति बनाएर छानबिन गर्न काँग्रेस उपसभापति खड्काको माग
नेपाल कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विवादबारे तत्काल छानबिन गर्न माग गरेका छन् । बजेट निर्माणका विषयमा विवाद भएसँगै यसलाई संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग खड्काको छ । यसअघि महामन्त्री गगनकुमार थापाले समेत छानबिन गर्न वा राजीनामा गर्न माग गरेका थिए ।
खड्काले बजेट निर्माणका बेलाको विषय संसद र संसद बाहिर चासोका साथ हेरिएकाले यसलाई विश्वासिलो तरिकाले समाधान गर्नुपर्ने भनेका छन् ।
‘बजेट निर्माणको बेलाको विषयसमेतलाई जोडेर संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ । विगतमा पनि संसदको यस्तो परम्परा छ । बरु ढिलो नगरौं आजै टुंगाे लगाउँ,’ खड्काले भनेका छन् ।
प्रकाशित समय : १४:५३ बजे

















