global ime bank Long Banner Ad

गृहपृष्ठ सुकुटे रिसोर्टको टेण्डमा सुतिरहेकी युवती बलात्कृत, काठमाडौंबाट ३ जना पक्राउ

सुकुटे रिसोर्टको टेण्डमा सुतिरहेकी युवती बलात्कृत, काठमाडौंबाट ३ जना पक्राउ

सुकुटे रिसोर्टको टेण्डमा सुतिरहेकी युवती बलात्कृत, काठमाडौंबाट ३ जना पक्राउ

सिन्धुपाल्चोकको सुकुटे घुम्न गएकी एक युवती बलात्कृत भएकी छन् । बलात्कार आरोपमा तीनजना युवा पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका-९ स्थित सुकुटे बीच एड्भेन्चर क्याम्प रिसोर्टको टेण्टमा सुतिरहेकी २६ वर्षीया युवती असार १८ गते बिहान ३ बजेको समयमा बलात्कृत भएकी हुन् ।

बलात्कार आरोपमा काठमाडौं कलंकी बस्ने १८ वर्षीय प्रिन्स थपलिया, १८ वर्षकै रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्रीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । उक्त रिसोर्टमा पाहुनाको रुपमा आएका क्षेत्रीले ती युवतीलाई बलात्कार गरेको तथा कार्की र थपलियाले मतियारको रुपमा सघाएको आरोप छ ।

बलात्कारपछि फरार भएका उनीहरूलाई असार १९ गते राति साढे ९ बजे काठमाडौंको कलंकीबाट पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । अहिले उनीहरुलाई सात दिनको म्याद थप गरि अनुसन्धान चलिरहेको छ ।

प्रकाशित समय : १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु