गृहपृष्ठ प्यूठानमा चट्याङ लागेर घाइते भएका दुई बालकको मृत्यु

प्यूठानमा चट्याङ लागेर घाइते भएका दुई बालकको मृत्यु

प्यूठानमा चट्याङ लागेर घाइते भएका दुई बालकको मृत्यु

सोमबार राति परेको चट्याङ लागेर घाइते भएका ऐरावती गाउँपालिका-६ जुलीकोटका दुई बालकको मृत्यु भयको छ । चट्याङ लागेर घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको र उनीहरूको उपचारकै क्रममा मृत्यु भएको जिल्ला अस्पताल प्यूठानले जनाएको छ ।

मृत्यु हुनेमा ऐरावती गाउँपालिका-६ का ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेका छन् । चट्याङ लागेर ऐरावतीको वडा नं. ६ का ६ जना र वडा नं.१ का ४ जना घाइते छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार हुँदैछ ।

प्रकाशित समय : १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु