global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एभरेष्ट बैंकले खोल्यो मंगलबजारमा नयाँ एक्सटेन्सन काउन्टर

एभरेष्ट बैंकले खोल्यो मंगलबजारमा नयाँ एक्सटेन्सन काउन्टर

एभरेष्ट बैंकले खोल्यो मंगलबजारमा नयाँ एक्सटेन्सन काउन्टर

एभरेष्ट बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ । ललितपुर वडा नं. १६ का अध्यक्ष निर्मल रत्न शाक्य, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष मनोज बहादुर न्याछोन र एभरेष्ट बैंकका सञ्चालक उर्मिला श्रेष्ठले संयुक्त रुपमा मंगलबजार एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।

उक्त उद्घाटन समारोहमा स्थानीय व्यवसायी अजरमान जोशी, एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार गौतम, बैंकका बागमती प्रदेशका प्रादेशिक-प्रबन्धक सन्तोष कुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिति थियो । स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११६ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १५० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रकाशित समय : २०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु