global ime bank Long Banner Ad

गृहपृष्ठ देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । २१ गते (मंगलबार) दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी देउवाले बैठक बोलाएका हुन् । 

बैठकमा कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुंगो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा निकट भविष्यमा हुने संघ र प्रदेशको निर्वाचनका लागि पार्टीको तयारीका विषयमा समेत छलफल हुने बताइएको छ ।

कांग्रेसले स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा र विविध विषयमा छलफल गर्न यही असार २७ गते केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ ।

कांग्रेसमा हाल सभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी १४ पदाधिकारी छन्, कोषाध्यक्ष भने मनोनीत हुन बाँकी छ ।

प्रकाशित समय : ०३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु