गृहपृष्ठ देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक
देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । २१ गते (मंगलबार) दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी देउवाले बैठक बोलाएका हुन् ।
बैठकमा कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुंगो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा निकट भविष्यमा हुने संघ र प्रदेशको निर्वाचनका लागि पार्टीको तयारीका विषयमा समेत छलफल हुने बताइएको छ ।
कांग्रेसले स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा र विविध विषयमा छलफल गर्न यही असार २७ गते केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ ।
कांग्रेसमा हाल सभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी १४ पदाधिकारी छन्, कोषाध्यक्ष भने मनोनीत हुन बाँकी छ ।
प्रकाशित समय : ०३:३८ बजे