गृहपृष्ठ अजोड इन्स्योरेन्स र ज्यापू समाज यलबीच बिमासम्बन्धी सम्झौता
अजोड इन्स्योरेन्स र ज्यापू समाज यलबीच बिमासम्बन्धी सम्झौता
अजोड इन्स्योरेन्स र ज्यापू समाज यलबीच बिमासम्बन्धी सम्झौता भएको छ । अजोडसँग आवद्ध उद्योगी व्यवसायी सदस्यहरूको निर्जीवन बिमासम्बन्धी कार्य गर्न र बिमा सचेतना, बिमा जागरण तथा बिमा शिक्षा सञ्चालन गर्न इन्स्योरेन्सले सम्झौता गरेको हो ।
उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र ज्यापू समाज यलका अध्यक्ष तीर्थलाल महर्जनले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा अजोड इन्स्योरेन्सका कर्मचारीहरू र ज्यापू समाज यलका सदस्यहरूकोे समेत उपस्थिति थियो ।
प्रकाशित समय : २०:३९ बजे



















