global ime bank Long Banner Ad

गृहपृष्ठ शाओमीको ‘रेड्मी नोट ११ प्रो’ नेपाली बजारमा, मूल्य कति ?

शाओमीको ‘रेड्मी नोट ११ प्रो’ नेपाली बजारमा, मूल्य कति ?

शाओमीको ‘रेड्मी नोट ११ प्रो’ नेपाली बजारमा, मूल्य कति ?

शाओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मी नोट ११ प्रो मा किफायती मूल्यमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेको कम्पनीले जनाएको छ ।

स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन प्रदान गर्ने लक्ष्यका साथ शाओमीले रेड्मी नोट ११ प्रो लन्च गरेको हो । लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले शाओमीले स्मार्टफोनहरूको सन्दर्भमा आफ्नो सीमा फराकिलो पार्दै विस्तृत दायराको साथ औद्योगिक बेन्चमार्कहरू पार गरेको बताए ।

ग्राहकको रेडमीप्रतिको विश्वासले नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरी रेडमी सिरिजलाई देशमा सर्वाधिक बिक्री हुने स्मार्टफोन सिरिज बनाएको उनकाे भनाइ छ । उनले भने, ‘हामीले क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्यसम्पादन र पावर-प्याक ब्याट्रीको साथ रेड्मी नोट ११ प्रो बजारमा ल्याएका छौं ।’

कम्पनीका अनुसार यो फोन ग्रेफाइट ग्रे, पोलर ह्वाइट, स्टार ब्लू गरी तीन रंगहरूमा उपलब्ध छ । ६ जीबी र १२८ जीबी तथा ८ जीबी र १२८ जीबीको र्‍याम तथा स्टोरेज भेरियन्टमा रहेको यो फोनको मूल्य क्रमश: ३४ हजार ९९९ र ३६ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु