global ime bank Long Banner Ad

गृहपृष्ठ एनआईसी एशिया बैंकको मोबाइल एप सित्तैमा चलाउन पाइने

एनआईसी एशिया बैंकको मोबाइल एप सित्तैमा चलाउन पाइने

एनआईसी एशिया बैंकको मोबाइल एप सित्तैमा चलाउन पाइने

अबदेखि नेपाल टेलिकमका ग्राहकले पनि एनआईसी एशिया बैंकको मोबाइल एप नि:शुल्क चलाउन पाउने भएका छन् । यसअघि एनसेलका ग्राहकले पाएको उक्त सुविधा अब टेलिकमका ग्राहकले पनि पाउने भएका हुन् ।

सोसम्बन्धी बैंक र टेलिकमबीच सम्झौता भएको छ । सम्झौताअनुसार अब टेलिकमको डाटा प्रगोग गरी एनआईसी एशिया मोबैंक, आईसर्भ, वेबसाइट तथा इन्टरनेट बैंकिङ सुविधाहरु नि:शुल्क प्रयोग गर्न सक्नेछन् । साथै, बैंकले यसअघि एनसेलको नेटवर्कमा पनि उक्त सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ । यससँगै अब एनटीसी र एनसेलको निःशुल्क डाटा सुविधाको प्रयोग गरी यस बैंकका ग्राहकहरूले निम्न सेवाहरू पाउनेछन् ।

एनआईसी एशिया मोबैंक एपः

अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटीएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्यूआर भुक्तानी, ई-कमर्श एक्टिभेसन, आफ्नो गुनासोको सुनुवाई तथा प्रोगेस ट्रयाकिङजस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सकिनेछ । योमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक सेयर (आईपीओ)मा आवेदन दिन सकिनेछ । एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले कार्डबिनै एटीएमबाट नगद रकम झिक्न सकिने सुविधाको प्रयोग गर्न सक्नेछन् ।

आईसर्भ :

आईसर्भमार्फत मोबाइल बैंकिङ सेवाहरू (नयाँ आवेदन, ब्लक, अनब्लक तथा पिन/पासवर्ड रिसेट), ग्राहकसम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो सेयर तथा सीआरएन आवेदन, बचत योजना परिवर्तन र स्टप चेक पेमेन्ट), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट) र कार्डसम्बन्धी सेवाहरू (ई-कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लेसमेन्ट आवेदन र इन्स्टा बाइ) ग्राहकहरूले सरल तरिकाले लिन सक्नेछन् ।

वेबसाइटः

बैंकको वेबसाइटबाट ग्राहकले यस बैंकबारे अधिकतम जानकारीहरू लिन सक्नेछन् । जसमा अनलाइन खाता आवेदन, अनलाइन आईपीओ आवेदन, लोन बेनिफिट क्यालकुलेटर, इएमआई क्यालकुलेटरलगायत बैंकका अन्य सेवा सुविधाको जानकारीको साथै बैंकका पछिल्ला योजनाहरू, सूचनालगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिनेछ ।

इन्टरनेट बैंकिङः

यसमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलीटी बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिनेछ । साथै, यी उल्लेखित बाहेकका अन्य सेवाहरु लिँदा वा डिभाइसको ब्याक ग्राउण्डमा चल्न सक्ने अन्य एपहरुको हकमा दुरसञ्चार सेवा प्रदायक कम्पनीको नियमानुसार शुल्क लाग्नेछ ।

प्रकाशित समय : १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु