global ime bank Long Banner Ad

गृहपृष्ठ मेलम्चीमा आकस्मिक बाढीको सम्भावना, सतर्क रहन आग्रह

मेलम्चीमा आकस्मिक बाढीको सम्भावना, सतर्क रहन आग्रह

मेलम्चीमा आकस्मिक बाढीको सम्भावना, सतर्क रहन आग्रह

अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटेलगायतका धेरै स्थानमा भारी वर्षा भइरहेका कारण तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।

नकोटेस्ठित बाढी मापन केन्द्रमा मेलम्ची नदीको जलसतह १.५ मिटरले बढेको महाशाखाले जनाएको छ । त्यस्तै भिरालो जमिन र भूकम्पका कारण पहिरोको जोखिम रहेका क्षेत्रमा पनि सतर्कता अपनाउन महाशादाले स्थानीय बासिन्दालाई आग्रह गरेको छ ।

शनिबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम समान्यतया: सफा रहने महाशाखाको अनुमान छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम र अन्य भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित समय : १३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु