गृहपृष्ठ प्रधानमन्त्री देउवासहित प्रचण्ड-माधव निजगढ जाँदै, प्रस्तावित विमानस्थल क्षेत्रको अवलोकन गर्ने
प्रधानमन्त्री देउवासहित प्रचण्ड-माधव निजगढ जाँदै, प्रस्तावित विमानस्थल क्षेत्रको अवलोकन गर्ने
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित तीन दलका शीर्ष नेता निजगढ जाने भएका छन् । आजै प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ निजगढ जान लागेको सरकारी उच्च स्रोतले जानकारी दिएको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी सरकारको निर्णय सर्वोच्च अदालतको बदर गरेपछि अहिले अन्यौलता पैदा भएको छ । प्रधानमन्त्रीसहित दलका शीर्ष नेता त्यहाँको वस्तुस्थिति बुझ्न जान लगेको बताइएको छ । काठमाडौंबाहेक अन्यत्र पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजनाअनुरूप अहिले भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भर्खरै सञ्चालनमा आएको छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न भारतीय कम्पनी सिजी-इन्फ्रा-बीडीए जेभीलाई जिम्मेवारी दिइएको थियो । त्यहाँ पहिलो चरणको कार्यक्रमअन्तर्गत मुआब्जा वितरण, रूख गणना लगायत काम भएको थियो ।
प्रकाशित समय : १३:१९ बजे



















