global ime bank Long Banner Ad

गृहपृष्ठ थाइ स्माइल एयरवेजले सुरु गर्‍यो बैंकक–काठमाडौँ सिधा उडान

थाइ स्माइल एयरवेजले सुरु गर्‍यो बैंकक–काठमाडौँ सिधा उडान

थाइ स्माइल एयरवेजले सुरु गर्‍यो बैंकक–काठमाडौँ सिधा उडान

थाइल्याण्डको वायुसेवा प्रदायक कम्पनी थाइ स्माइल एयरवेजले आजदेखि बैंकक–काठमाडौँ–बैंकक गन्तव्यमा सिधा उडान सुरु गरेको छ । कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर पहिलो पटक नियमित उडान सुरु गरेको हो । बैंककबाट दिउँसो काठमाडौँ विमानस्थल अवतरण गरेको विमान यात्रु लिएर गन्तव्यतिर फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । कम्पनीले दुईतर्फी दैनिक एक उडान भर्ने छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई स्माइलले आवश्यक सबै प्रक्रिया पुर्‍याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको छ । नेपालका लागि थाई स्माइलको आधिकारिक जिएसए सोसाइटी इन्टरनेसनल ट्राभल रहेको छ । कम्पनीले कुल १६२ सिट क्षमताको एयरबस ३२० विमानबाट उडान भरेको जनाएको छ ।

थाइल्याण्डको बैंकक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाइ स्माइल थाइ एयरवेजको भगिनी संस्था हो । थाइ स्माइलले सन् २०१२ जुलाइदेखि व्यावसायिक उडान सुरू गरेको थियो । 

कम्पनीले थाइल्याण्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ ।

प्रकाशित समय : ०३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु