गृहपृष्ठ २४ घण्टामा थपिए ६२ जना कोरोना संक्रमित 

२४ घण्टामा थपिए ६२ जना कोरोना संक्रमित 

२४ घण्टामा थपिए ६२ जना कोरोना संक्रमित 

कोरोना भाइरस संक्रमण दैनिक बढिरहेको छ । मंगलबार ४४ जनामा पुष्टि भएको संक्रमण आज ६२ जनामा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.सगीता कौशल मिश्राले एक हजार ६२० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको जानकारी दिइन् ।

उनले काठमाडौँ ३९ र ललितपुरमा छ जनामा संक्रमण देखिएको बताइन् । उनका अनुसार सक्रिय संक्रमितको संख्या २६१ जना रहेका छन् । 

विगत २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ४४५ पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज एक लाख ८४ हजार ५४५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मन्त्रालयले यही असार ९ देखि १५ गतेसम्म पाँच वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइरहेको छ । 

अहिलेसम्म होम आइसोलेसनमा २५६, संस्थागत आइसोलेसनमा पाँच जना र एक जनाको सघन उपचार कक्ष (आइसीयू)मा उपचार भइरहेको छ । 

प्रकाशित समय : ०१:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु