गृहपृष्ठ मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध

मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध

मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध

काठमाडौं । निरन्तर वर्षाका कारण मनाङका विभिन्न स्थानमा पहिरो जाँदा विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको छ ।

पहिरोका कारण ३३ केभी विद्युत् प्रसारण लाइनमा अवरोध भएपछि जिल्लाका केही क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

पहिरोका कारण सडक तथा आवागमनसमेत प्रभावित भएकाले मर्मत टोलीलाई क्षतिग्रस्त संरचनासम्म पुग्न कठिनाइ भइरहेको बताइएको छ । मन्त्रालयका अनुसार अवरुद्ध विद्युत् लाइन मर्मत गरी सेवा यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । निरन्तर वर्षाका कारण थप पहिरोको जोखिम रहेकाले प्रभावित क्षेत्रमा आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरिएको छ ।

प्रकाशित समय : ११:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु