global ime bank Long Banner Ad

गृहपृष्ठ ट्राफिक जाममा एउटै नम्बरका दुईवटा बाइक भेटिएपछि…

ट्राफिक जाममा एउटै नम्बरका दुईवटा बाइक भेटिएपछि…

ट्राफिक जाममा एउटै नम्बरका दुईवटा बाइक भेटिएपछि…

बुधबार सामाजिक सञ्जालमा एउटा तस्बिरले चर्चा पायो । बिहान काठमाडौँको गौशाला चोकको त्यो तस्बिरले दुई जना मोटरसाइकल चालक ट्राफिक जाममा रोकिएका थिए । त्यो तस्बिरमा दुई वटा बाइकका सवारी चालकले एक अर्काको नम्बर प्लेट हेर्दै गरेको देखिन्छ । 

बुधबार बिहान ८ः२५ मिनेटतिर प्रदीपजंग क्षेत्री गौशाला चोकको ट्राफिक जाममा अड्किरहेका थिए । उनको नजर आफूभन्दा ठिक अगाडि रहेको दुई वटा पल्सर मोटरसाइकलमा पर्‍यो । 

दुवै मोटरसाइकलमा एउटै नम्बर थिए । पानी परिरहेकाले सवारी चालकले ‘रेनकोट’ लगाएका थिए । तर, मोटरसाइकलमा बागमती प्रदेश ०२ ०२२प २३८० नम्बर थियो । 

त्यसपछि उनले फोटो खिचेर मेन्स रुम रिलोडेडमा पोष्ट गरे । उक्त एउटै नम्बर प्लेट भएका दुई मोटरसाइकल एकै स्थानमा देखिएको तस्बिर यति बेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सामाजिक सञ्जालमा आएपछि यसबारे काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि अनुसन्धान गरेको छ । 

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सञ्जिव शर्मा दासका अनुसार यो तस्बिर बाहिरिएपछि कार्यालयले दुवै मोटरसाइकल खोजेको हो । 

एटटा मोटरसाइकल चालक भने सम्पर्कमा आइसकेका छन् । एनएस पल्सरका चालक ट्राफिक प्रहरी कार्यालयमा छन् । उनको कागजात हेर्दा भने सबै ठिक भएको उनले बताए । 

‘एउटा एनएस पल्सर सबै कागज पत्र पनि ठिकै, नम्बर पनि ठिकै भएको छ,’ उनले भने,‘उनी काभ्रेका बासिन्दा रहेछन् । उनको बाइक रजिष्ट्रेड छ । १५० सिसिको पल्सर हो । तर, अर्को बाइक भने हालसम्म भेटिएको छैन ।’

प्रवक्ता दासका अनुसार अर्को मोटरसाइकल भने भक्तपुरतर्फ गएको सिसिटिभीमा देखिएको छ । उक्त मोटरसाइकल चालकको पनि खोजी भइरहेको कार्यालयले जनाएको छ । उनी पनि सम्पर्कमा आइसकेपछि मात्रै के भएको हो भन्ने बुझिने प्रवक्ता दासले बताए । 

दुईवटा सवारीसाधनको एउटै नम्बर प्लेट भएका घटना यसअघि पनि सार्वजनिक भएका छन् । ‘यसमा यातायात व्यवस्था विभागले प्रदान गर्ने नम्बरको प्रिन्ट मिस्टेक पनि हुन सक्छ वा नक्कली नम्बर प्लेट राखिएको पनि हुनसक्छ,’ उनले भने । 

ढड्डामा गएर ‘पेपर वर्क’बाट काम गर्ने हुँदा नेपालमा नम्बर प्लेट डबल प्रिन्ट पनि हुन सक्ने दासको भनाइ छ । 

यस्तै, यातायात व्यवस्था विभागले पनि यसभन्दा अगाडि पनि अपवादको रुपमा यस्तो हुने गरेको जनाएको छ । यसमा भने दुवै बाइक नसमातिएसम्म अहिले नै ‘प्रिन्ट मिस्टेक’ भन्न नमिल्ले विभागको भनाइ छ । 

प्रकाशित समय : २३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु