गृहपृष्ठ काठमाडौँमा १४ जनामा हैजा देखियो
काठमाडौँमा १४ जनामा हैजा देखियो
काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ । गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उनीहरू उपचारपश्चात् घरफर्किएको जानकारी दिए ।
हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य छ ।
हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिएको उनले जानकारी दिए ।
प्रकाशित समय : २३:४० बजे



















