global ime bank Long Banner Ad

गृहपृष्ठ पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन खण्ड अवरुद्ध

पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन खण्ड अवरुद्ध

पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन खण्ड अवरुद्ध

मंगलबार रातिदेखि निरन्तर परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरामा पहिरो जाँदा आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

पहिरोले उक्त सडकखण्ड दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।  राजमार्ग सञ्चालन गराउन पहिरो पन्छाउने काम भइरहेको खड्काले बताए ।

प्रकाशित समय : १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु