global ime bank Long Banner Ad

गृहपृष्ठ नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रमलाई अवार्ड

नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रमलाई अवार्ड

नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रमलाई अवार्ड

नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्न सुरु गरेको ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम (नबिल एसएसई)को पहिलो ब्याचका २० जना फेलोहरुले ‘इनेबलर्स अफ सोसल आन्ट्रप्रेनरशिप अवार्ड पाएका छन् । नेपाल उद्योग परिसंघअन्तर्गतको सीएनआइवाइईएफ नेपालले यो अवार्ड प्रदान गरेको हो ।

गत शनिबार सीएनआइवाइईएफ नेपालले काठमाडौंमा आयोजना गरेको सीएनआइवाइईएफ नेपाल स्टार्टअप फेस्ट २०२२ मा साे अवार्ड प्रदान गरिएकाे हाे । २०७८ चैत ७ गतेदेखि सुरु गरिएको पहिलो ब्याचको फेलोशिप कार्यक्रमअन्तर्गत देशभरका ३ सय ५० जना आवेदकबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वविद्यालय आबद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा सञ्चालन गरिरहेको छ ।

फेलोशिप कार्यक्रमका सहभागीहरुले कृषि, सूचना प्रविधि, हस्तकला, खाद्यान्न, कपडा उत्पादन, कफी शप सञ्चालन लगायतका क्षेत्रमा सामाजिक उद्यम अघि बढाएका छन् । हरेक महिना तीन दिन आवासीय सिकाइ  र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोशिप तालिम ६ महिनासम्म चल्छ । बाँकी ६ महिनाका लागि सबै सहभागीलाई मेन्टर सेवा दिएर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गरिन्छ । सामाजिक उद्यम विकासका लागि सुरु गरिएको यो नयाँ कार्यलाई प्रोत्साहन गर्न उक्त अवार्ड प्रदान गरिएको आयोजकको भनाइ छ ।

यस कार्यक्रममा नेपालमा उद्यमशीलता विकासमा स्थापित उद्यमी तथा अन्य व्यक्तित्वहरुबाट विभिन्न विषयमा प्रेरणादायी वक्तव्यहरु प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा ७ वटा नेपाली स्टार्टअपले व्यवसाय विस्तारका लागि २४ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेका छन् ।

प्रकाशित समय : १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु