गृहपृष्ठ महिन्द्राद्वारा नेपालमा अल-न्यू स्कर्पियो-एनको अनावरण

महिन्द्राद्वारा नेपालमा अल-न्यू स्कर्पियो-एनको अनावरण

महिन्द्राद्वारा नेपालमा अल-न्यू स्कर्पियो-एनको अनावरण

महिन्द्राले आफ्नो प्रमुख पहिचानयुक्त ब्रान्डको नयाँ अवतार अल-न्यू स्कर्पियो-एनलाई अनावरण गरेको छ । एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा सोमबार आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल-न्यू स्कर्पियो-एन’को अनावरण गरेको हो ।

यसले आफ्नो नयाँ भिजुअल पहिचान गर्नुका साथै एउटा नयाँ लोगो समावेश छ, जसले उसको एसयूभी पोर्टफोलियोलाई अलग तुल्याउँछ । अल-न्यू स्कर्पियो-एन एसयूभी पोर्टफोलियोका लागि तयार पारिएको नयाँ ट्विन पिक लोगो भएको पहिलो गाडी बनेको महिन्द्राले दाबी गरेको छ ।

कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको अल-न्यू स्कर्पियो-एनले महिन्द्राको प्रामाणिक एसयूभी डीएनको समृद्ध विरासत जीवित राख्दै एक एकाग्रतायुक्त, अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज प्रदान गर्दछ । अल-न्यू स्कर्पियो-एनलाई यसको प्रभावशाली उपस्थिति, हेड-टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी-सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको छ ।

यसबाहेक, आफ्नो प्रामाणिक एसयूभी प्रतिज्ञा पूरा गर्दै, यसले रोमाञ्चक ड्राइभिङ अनुभवका लागि उच्च प्रदर्शन र साहसिक क्षमताहरू प्रदान गर्दछ । अल-न्यू स्पर्पियो-एनको सुरूआतले महिन्द्राको नयाँ भिजुअल आइडेन्टीको अनावरणलाई संकेत गर्दछ, कम्पनीको एसयुभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको छ ।

‘ट्विन पिक’ लोगोका खास विशेषता- यसले त्यो साहसिक नयाँ दिशाको प्रतिनिधित्व गर्दछ जसलाई महिन्द्राले नयाँ युगका उत्पादनहरूबाट आरम्भ गरेको छ, जुन नयाँ युगको स्वामित्व अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

इटालीको पिनिनफेरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस), मुम्बई मा डिजाइन गरिएको र संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर(एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमहरूद्वारा इन्जिनियरिङ गरिएको एवं पुणेको अत्याधुनिक विश्वस्तरीय सुविधामा निर्मित अल न्यू स्कर्पियो एन साँच्चिकै एक वैश्विक उत्पादन भएको कम्पनीले दाबी गरेको छ ।

घोषणा कार्यक्रममा एम एन्ड एम लिमिटेड, अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भने, ‘भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल-न्यू स्कर्पियो-एन एकैसाथ अनावरण गर्न पाउँदामा हामी हर्षित छौं । अल-न्यू स्कर्पियो-एन यस वर्ष नेपालमा ल्याउने योजना बनाइएका एसयूभीको श्रृंखलामध्ये पहिलो हो। यो नयाँ ‘ट्विन पिक्स लोगो’ बोक्ने पहिलो एसयूभी पनि हो । यो नयाँ ब्रान्ड पहिचान परिष्कृत र प्रामाणिक एसयूभीहरूको निर्माता बन्ने महिन्द्राको रणनीतिअनुरूप छ । यसले हाम्रो एसयूभी पोर्टफोलियोमा रणनीतिक परिवर्तनको घोषणा गर्छ, यो नयाँ संसारका लागि प्रस्तुत गरिने प्रामाणिक एसयूभीहरू शृंखलाको यो पहिलो कदम हो ।’

प्रकाशित समय : १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु