global ime bank Long Banner Ad

गृहपृष्ठ आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज मंगलबार देशका धेरै क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । हाल प्रदेश १  लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली छ । विभागका अनुसार बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

कर्णाली र मधेस प्रदेशका एक/दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रकाशित समय : १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु