nmb bank

गृहपृष्ठ करको दररेट फेर्ने अधिकार अर्थमन्त्रीलाई हुन्छ, विपक्षीले अनैतिक भन्दैमा राजीनामा दिन्नँ : अर्थमन्त्री शर्मा  

करको दररेट फेर्ने अधिकार अर्थमन्त्रीलाई हुन्छ, विपक्षीले अनैतिक भन्दैमा राजीनामा दिन्नँ : अर्थमन्त्री शर्मा  

करको दररेट फेर्ने अधिकार अर्थमन्त्रीलाई हुन्छ, विपक्षीले अनैतिक भन्दैमा राजीनामा दिन्नँ : अर्थमन्त्री शर्मा  

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा करको दर परिवर्तन गरेकै विषयलाई लिएर आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आगामी आर्थिक वर्षका लागि आफूले देश र जनताको पक्षमा बजेट ल्याउँदा प्रतिपक्ष (नेकपा एमाले)लाई अनैतिक लागेको शर्माको भनाइ छ । 

राष्ट्रियसभाके बैठकमा विनियोजिन विधेयकका सन्दर्भमा सांसद्हरुले उठाएको प्रश्नको जबाफ दिने क्रममा अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट देश र जनताको पक्षमा ल्याएको कारण विपक्षी दललाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने बताए । 

करको दर परिवर्त भएको विषयमा आफू र सरकार जवाफदेही र जिम्मेवारसमेत रहेको शर्माले उल्लेख गरे  । मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीको  व्यक्तिगत नभएर प्रतिष्ठित व्यवसायी, अर्थविद्, नागरिक र सबै सांसद्हरुको सुझावको आधारमा ल्याएको दाबी गरे । 

बजेट कार्यान्वयन गर्दा आयात प्रतिस्थापन, गरिबी हटाउने र मानव विकास सूचाकांक वृद्धि गर्ने अंक नै बजेटमा समावेश गरिएको मन्त्री शर्माको दाबी छ । बजेट कार्यान्वयन हुँदा औद्योगिकीकरण, उत्पादन र आयात प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्ने उनको दाबी छ । 

अर्थमन्त्री शर्माले करका दररेट घटाउने र बढाउने विषय अर्थमन्त्रीको अधिकारको भएको बताए । अर्थमन्त्रीले बजेट नल्याएर, करको दररेटलाई घटबढ नगरेर अरु के गर्नुपर्ने थियो ? भन्दै शर्माले प्रश्न गरे । 

आगामी आर्थिक वर्षको बजेटप्रति आफू जिम्मेवार रहेको जानकारी दिँदै उनले वर्तमान सरकारले यसको पूर्ण अपनत्व लिने बताए । उनले देश र जनताको हितका लागि बजेट ल्याउँदा कोही कसैले आपत्ति जनाउँछ र विरोध गरिन्छ भने त्यसको कुनै अर्थ नरहने बताए । 

स्थानीय तहको केन्द्रसम्म पक्की सडक निर्माण गर्ने, औद्योगिक उत्पादनको वृद्धि, पर्यटनलगायतका सेवा क्षेत्रलाई विकास गर्ने, निरपेक्ष रेखामुनि रहेका नागरिकलाई त्यसबाट बाहिर निकाल्नका लागि स्थानीय सरकारसँग मिलेर काम गर्ने विषयलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । 

आगामी आवको बजेटले भौतिक पूर्वाधारको विकासमा विशेष जोड दिइएको जानकारी दिँदै उनले शिक्षा क्षेत्र पनि उत्तिकै प्राथमिकतामा रहेको, बजेट कार्यान्वयनमा आम जनतालाई सहभागी गराउने विषयलाई महत्व दिइएको बताए । 

सरकारले देशभित्रै उत्पादन हुने २ अर्ब बराबरको स्यानिटरी प्याड खरिद गर्ने गरी व्यवस्था गरिएको जानकारी दिए । 

प्रकाशित समय : ०३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु