nmb bank

गृहपृष्ठ धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ

धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ

धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ

धादिङबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियाँबास गाउँपालिका–२ अक्थलीस्थित पशुराम तामाङको घरमा डेरामा गरी बस्‍ने वडा नम्बर २ झार्लाङ घर भएका २५ वर्षीय सुनिल तामाङ र २५ वर्षीय अविनाश तामाङ रहेका छन्  ।

कोठामा अवैध रुपमा हातहतियार पेस्तोल लुकाएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो  ।

प्रहरीले उनीहरूको साथबाट पेस्तोल  एक थान, खुकुरी एक थान र मोबाइल सेट तीन थान बराममद गरेको छ । उनीहरूमाथि थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रकाशित समय : ०१:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु