काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पछिल्लो २४ घण्टामा थपिए ४१ जना संक्रमित

13K
shares

पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार तीन हजार ३५८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल २०८ जना सक्रिय संक्रमित छन् । सो अवधिमा २० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६७ हजार ४०९ पुगेको छ । संक्रमितमध्ये संक्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज एक लाख २७ हजार ७९२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मन्त्रालयले यही असार ९ देखि १५ गतेसम्म ५ वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाइरहेका छन् । 

हाल होम आइसोलेसनमा २०२, संस्थागत आइसोलेसनमा ६ जना र तीन जनाको सघन उपचार कक्ष (आइसीयू)मा उपचार भइरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले संक्रमण बढिरहेको बताए । 

संक्रमण बढेसँगै भारतबाट नेपाल आउनेमा कोरोना परीक्षण सुरु गरिएको र उनीेहरूमा कोरोनासँगै मलेरिया संक्रमण पनि भेटिएको उनले जानकारी गराए ।