गृहपृष्ठ पछिल्लो २४ घण्टामा थपिए ४१ जना संक्रमित
पछिल्लो २४ घण्टामा थपिए ४१ जना संक्रमित
पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार तीन हजार ३५८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल २०८ जना सक्रिय संक्रमित छन् । सो अवधिमा २० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६७ हजार ४०९ पुगेको छ । संक्रमितमध्ये संक्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
आज एक लाख २७ हजार ७९२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मन्त्रालयले यही असार ९ देखि १५ गतेसम्म ५ वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाइरहेका छन् ।
हाल होम आइसोलेसनमा २०२, संस्थागत आइसोलेसनमा ६ जना र तीन जनाको सघन उपचार कक्ष (आइसीयू)मा उपचार भइरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले संक्रमण बढिरहेको बताए ।
संक्रमण बढेसँगै भारतबाट नेपाल आउनेमा कोरोना परीक्षण सुरु गरिएको र उनीेहरूमा कोरोनासँगै मलेरिया संक्रमण पनि भेटिएको उनले जानकारी गराए ।
प्रकाशित समय : २३:११ बजे


















