काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महिला फुटबल रेफ्री अञ्जना राई एएफसी एलिटमा समावेश 

12.16K
shares

महिला रेफ्री अञ्जना राई एसियाली फुटबल महासंघ एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश भएकी छन् ।

एएफसीले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाउँदै राईलाई एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश गरिएको जनाएको हो ।

प्यानलमा समावेश भएसँगै राईलाई नोभेम्बरका लागि तय एएफसी एलिट रेफ्रीको तयारी कोर्सका लागि बोलाइएको छ ।

राईले सन् २०२१ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेकी थिइन् । हाल नेपालबाट एक मात्रै महिला फिफा रेफ्री रहेकी छन् । यस्तै, फिफाले एसिस्टेन महिला रेफ्रीमा एक कोटा प्रदान गरेको छ ।

यता, पुरुषतर्फ भने १० फिफा रेफ्री रहेका छन् । जसमा ६ जना एसिस्टेन रेफ्री छन् ।