nmb bank

गृहपृष्ठ महिला फुटबल रेफ्री अञ्जना राई एएफसी एलिटमा समावेश 

महिला फुटबल रेफ्री अञ्जना राई एएफसी एलिटमा समावेश 

महिला फुटबल रेफ्री अञ्जना राई एएफसी एलिटमा समावेश 

महिला रेफ्री अञ्जना राई एसियाली फुटबल महासंघ एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश भएकी छन् ।

एएफसीले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाउँदै राईलाई एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश गरिएको जनाएको हो ।

प्यानलमा समावेश भएसँगै राईलाई नोभेम्बरका लागि तय एएफसी एलिट रेफ्रीको तयारी कोर्सका लागि बोलाइएको छ ।

राईले सन् २०२१ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेकी थिइन् । हाल नेपालबाट एक मात्रै महिला फिफा रेफ्री रहेकी छन् । यस्तै, फिफाले एसिस्टेन महिला रेफ्रीमा एक कोटा प्रदान गरेको छ ।

यता, पुरुषतर्फ भने १० फिफा रेफ्री रहेका छन् । जसमा ६ जना एसिस्टेन रेफ्री छन् । 

प्रकाशित समय : २२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु