nmb bank

गृहपृष्ठ हैजाबारे गृहमन्त्रीले गरे छलफल, रोकथाम र नियन्त्रणका लागि तयारी रहन निर्देशन

हैजाबारे गृहमन्त्रीले गरे छलफल, रोकथाम र नियन्त्रणका लागि तयारी रहन निर्देशन

हैजाबारे गृहमन्त्रीले गरे छलफल, रोकथाम र नियन्त्रणका लागि तयारी रहन निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले काठमाडौंलगायत स्थानमा देखा परेको हैजाबारे सम्बन्धित पक्ष र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।

गृहमन्त्री खाणले शनिबार बिहान स्वास्थ्य सचिव डा. रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रहरी अस्पतालका प्रमुख डा. आशा सिंह, सशस्त्र प्रहरी अस्पतालका प्रमुख रुपक महर्जनसँग केही दिनदेखि देखा परेको कलेराको अवस्था र रोकथाम गर्न के गर्नुपर्छ भनेर छलफल गरेका हुन् ।

उनले खानेपानीको अवस्था, खानेपानीको अवस्था  ठीक नभएमा पानीको परीक्षण कसरी गर्ने, त्यसका लागि तयारी के छ भनेर जानकारी लिए । संक्रमित बिरामीको उपचारबारे पनि उनले जानकारी लिएका छन् । हैजाको अहिलेको अवस्था र रोकथामबारे भएका तयारीबारे गृहमन्त्री खाणले जानकारी लिएको सशस्त्र  प्रहरी अस्पतालका प्रमुख डा. महर्जनले बताए ।

गृहमन्त्री खाणले अवस्था जटिल बन्दै गएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्योजनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका चिकित्सकहरूले पनि हैजाको रोकथाम र नियन्त्रणमा खटिनु पर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि तयारी अवस्थामा रहन निर्देशन दिए ।

प्रकाशित समय : १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु