गृहपृष्ठ ज्योति विकास बैंकको मणिग्राम र परासी शाखा उद्घाटन
ज्योति विकास बैंकको मणिग्राम र परासी शाखा उद्घाटन
ज्योति विकास बैंकले शुक्रबार मणिग्राम र परासीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको जनाएको छ ।
तिलोत्तमा नगरपालिका–५, रुपन्देहीस्थित मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण र बैंकका सञ्चालक सुरेन्द्रबहादुर नेपालीले संयुक्त रुपमा गरे । साथै, रामग्राम नगरपालिका–३ परासीस्थित परासी शाखाको समुद्घाटन रामग्राम नगरपालिकाका मेयर धनपत यादव र बैंकका सञ्चालक मन महर्जनले संयुक्त रुपमा गरे ।
उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्य, बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।
प्रकाशित समय : २२:२८ बजे


















