global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वका भारतसितका सीमा सिल

पूर्वका भारतसितका सीमा सिल

पूर्वका भारतसितका सीमा सिल

नेपाल–भारत सीमा आज बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको छ । आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जीटीए) चुनावलाई लक्षित गरी आज बिहानैदेखि सीमामा सिल गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

उनले भारतीय पक्षले गरेको पत्राचारपछि पश्चिम बंगालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा तथा भद्रपुर नाका सिल गरिएको बताए ।

उनका अनुसार आज बिहान ६ बजेदेखि सिल गरिएको नाका सोमबार बिहान ६ बजे खोलिने छ । विशेषगरी, बिरामी, असहाय र अशक्तलाई नाका वारपार गर्नुपर्ने परेमा दुवैतिरका सुरक्षा निकायको समन्वयमा गरिने उनको भनाइ छ । 

दार्जिलिङसँगै मिरिक, खरसाङ र सिलिगुडी क्षेत्रमा समेत जिटिएको चुनाव हुने जनाइएको छ । 

प्रकाशित समय : २२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु