nmb bank

गृहपृष्ठ पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै सानिमा बैंक 

पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै सानिमा बैंक 

पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै सानिमा बैंक 

सानिमा बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको छ । १० असार शुक्रबारबाट ऋणपत्र निष्कासन गर्न लागेको बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्ने जनाएको छ ।

यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला हुने छ । 

यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै आवेदन नपरेकाले २० लाख इकाई नै सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

सानिमाले १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ अर्थात् वार्षिक १०.२५ प्रतिशत ब्याजदर जारी गर्दै छ । बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्टले गर्ने छ ।

ऋणपत्रमा १४ असारसम्म आवेदन दिन पाइने छ । सो समयसम्म सबै ऋणपत्र बिक्री नभएमा असार २४ गतेसम्म खुला रहने छ । न्यूनतम २५ इकाइदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सकिने छ । 

सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत् अनलाइनबाट आवेदन दिन सकिने छ ।
 

प्रकाशित समय : १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु