गृहपृष्ठ राप्रपाले असार १३ देखि ३१ गतेसम्म सरकारविरुद्ध आन्दोलन गर्ने
राप्रपाले असार १३ देखि ३१ गतेसम्म सरकारविरुद्ध आन्दोलन गर्ने
मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले अब आन्दोलन गर्ने भएको छ । असार १३ देखि ३१ गतेसम्म राप्रपाले सरकारविरुद्ध आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसभा र राँके जुलुस लगायतका कार्यक्रम तय गरेको हो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार किसानको मागअनुसार रासायनिक मलको आपूर्ति हुन नसकेकाले असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा र राँके जुलुस गर्ने राप्रपाको घोषणा छ ।
प्रकाशित समय : १७:१३ बजे



















