गृहपृष्ठ रामायण सर्किट जोड्ने रेल आज जनकपुरधाम आउँदै, मुख्यमन्त्रीले स्वागत गर्ने
रामायण सर्किट जोड्ने रेल आज जनकपुरधाम आउँदै, मुख्यमन्त्रीले स्वागत गर्ने
आज जनकपुरधाम आउन लागेको भारत नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’लाई मधेसका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने भएका छन् ।
रेल मंगलबार साँझ करिब ७ बजे नयाँ दिल्लीबाट जनकपुरधामका लागि छुटेको थियो । उक्त रेल आज जनकपुरधाम आइपुग्नेछ । जनकपुरधामस्थित रेल्वे स्टेशनमा मुख्यमन्त्री राउतले दिउँसो १ बजे भव्य स्वागत गर्नेछन् । स्वागत समारोहमा उपस्थितिका लागि जनकपुरधामबासीलाई अपिल गरिएको छ ।
भारतका केन्द्रीय पर्यटन, संस्कृति मन्त्री किशन रेड्डी र रेल मन्त्री अश्विनी वैष्णवले हरियो झण्डा देखाएपछि दिल्ली स्टेशनबाट जनकपुरधामका लागि रेल छुटेको थियो । सयौं पर्यटक बोकेको उक्त रेल तेस्रो दिन जनकपुरधाम आइपुग्न लागेको हो ।
रामायण सर्किटमा सञ्चालन हुने यस रेलले अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी ९नासिक०, हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरधाममा अवस्थित धार्मिक क्षेत्रलाई जोड्नेछ ।
रेलमा १४ बोगी (डिब्बा) छन् । केही डिब्बाका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवम् लोक नृत्य, पोशाक, पर्व, परिकार प्रवर्धन गर्ने किसिमका तस्बीर देख्न सकिन्छ । ६ नम्बर डिब्बामा रामजानकी मन्दिर निर्माण गरिएको छ ।
प्रकाशित समय : १३:३३ बजे



















