गृहपृष्ठ कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर भूकम्प गयो
कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर भूकम्प गयो
कास्कीमा भूकम्प गएको छ । आज बिहान कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट जाँदा ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो ।कास्की र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
प्रकाशित समय : १२:४८ बजे



















