काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अफगानिस्तानमा भूकम्प कम्तीमा २८० जनाको मृत्यु

11.59K
shares

अफगानिस्तानको पाक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तीमा २८० जनाको मृत्यु हुनुका साथै ५९५ जना घाइते भएका राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ । 

सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पाक्टिका प्रान्तको बर्माल, जिरुक, नाका र गायन जिल्लामा करिब २५५ जनाको ज्यान गएको पछिल्लो स्थानीय स्रोतलाई उद्धृत समाचार समितिले जानकारी दिएको छ । भूकम्प प्रभावित क्षेत्रमा हेलिकप्टर र उद्धार टोली पुगेका छन् । छिमेकी प्रान्त खोस्टमा कम्तिमा २५ जनाको ज्यान गएको छ भने ९५ जना घाइते भएका छन् ।
 
भूकम्प  ६.१ म्याग्निच्युड भएको जनाइएको छ ।  भूकम्पको केन्द्रबिन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

भूकम्पको कारण  यस क्षेत्रका दर्जनौँ घरमा क्षति पुर्‍याएको छ भने पक्टिका प्रान्तमा पहिरो गएको स्थानीय स्रोतले जनाएको छ ।