बहुमत गुमाएका फ्रान्सका राष्ट्रपतिद्वारा विपक्षीसँग छलफल
वि.सं.२०७९ असार ८ बुधवार ०३:११
shares

संसद्मा बहुमत गुमाएका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले विपक्षीसँग छलफल थालेका छन् । संसदीय निर्वाचनपछि आफ्नो बहुमत गुमेपछि उत्पन्न राजनीतिक संकट समाधानका बारेमा उनले विपक्षीहरूसँग छलफल गरेका हुन् ।
उनले सोसलिस्ट र कम्युनिस्ट पार्टीका शीर्ष नेतालाई भेटेर राजनीतिक निकासका लागि विभिन्न प्रस्तावहरू राखेको जनाइएको छ ।
राष्ट्रपतिमा पुनः निर्वाचित भएको दुई महिनापछि उनले संसद्मा बहुमत गुमाएका हुन् । अब देशको राजनीति नयाँ मोडमा जाने देखिएको छ ।
नवगठित वामपन्थी गठबन्धन सरकारले बहुमत प्राप्त गरेपछि फ्रान्सेली मतदाताहरूले दुई महिना अगाडि राष्ट्रपतिमा निर्वाचित राष्ट्रपति म्याक्रोनको पूर्ण बहुमत गुमेको हो ।
सोमबार बिहान घोषणा गरिएको नतिजाले फ्रान्सेली राजनीतिलाई उथलपुथल गरेको छ र कानुन र अव्यवस्थित गठबन्धन बारे प्रश्न खडा भएको टिप्पणी हुन लागेको छ ।

























