काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘वायुसेवा सञ्चालकको धम्की स्वीकार्य छैन’

10.48K
shares

नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय फिर्ता नभए भोलि बुधबारदेखि देशभरका आन्तरिक उडान बन्द गर्ने एयरलाइन्सले धम्की दिएपछि त्यसको जवाफमा प्राधिकरणले एयरलाइन्सको धाकधम्की स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

प्राधिकरणले मंगलबार पत्रकार सम्मेलन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान उडान चाप नियन्त्रणका साथै हवाई सुरक्षा सुदृढिकरणका लागि निर्णय लिन बाध्य भएको जनाउँदै उडान नरोक्न आग्रह गरेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ‘प्राधिकरणको निर्णयको बर्खिलापमा एयरलाइन्स कम्पनी उत्रनु जिम्मेवारीबाट पछि हट्नु रहेको भन्दै नागरिकको सेवाप्रति जिम्मेवार बन्न आग्रह गरे । उनले भने, ‘उडान बन्द गर्ने धम्की स्वीकार्य छैन, यो प्राधिकरणको कुनै रहरको विषय नभइ हवाई उडान सुरक्षा सुदृढीकरणका लागि बाध्यकारी निर्णय हो । हवाई सेवा जस्तो संवेदनशील विषयमा व्यवसायीहरू जिम्मेवार हुनुहुन्छ । हडताल गरेर जनतालाई समस्या आएमा प्राधिकरण चुप लागेर बस्दैन ।’

वायुसेवा सञ्चालक संघले मंगलबार नै पत्रकार सम्मेलन गरेर प्राधिकरणको निर्णय फिर्ता नभए बुधबारदेखि आपतकालीन र नियमित सबै हवाई उडान बन्द गर्ने चेतावनी दिएको थियो । लगत्तै प्राधिकरणले पत्रकार सम्मेलन गरी हवाई सेवाजस्तो संवेदनशील सेवामा नागरिकको सेवाप्रति जिम्मेवार रहन सचेत गराएको हो । प्राधिकरणका महानिर्देशक अधिकारीले विमान कम्पनीहरूले जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा जानुपर्ने स्पष्ट पारे । उनले विमान र हेलिकोप्टर कम्पनीले ‘एओसी’ लिने समयमा जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा राख्नुपर्नेमा प्राधिकरण स्पष्ट रहेको बताए ।

त्रिअविका महाप्रबन्धक प्रेमनाथ ठाकुरले काठमाडौं विमानस्थलमा अत्यधिक उडान चाप रहेकाले सोको व्यवस्थापन र हवाई सुरक्षालाई मध्यनजर गरी निर्णय लिइएको बताए । प्राधिकरण सञ्चालक समितिको बैठकले यही असार ५ गते निर्णय गर्दै हेलिकोप्टरको हकमा असार ८ गतेदेखि र विमानको हकमा असार १३ गतेदेखि अनुमति लिएका बेसमै जान निर्देशन दिएको थियो । जसअनुसार विमान कम्पनीले काठमाडौंबाहेक अनुमति लिएका विमानस्थलमा रात्रि बिसान गर्नुपर्ने उल्लेख छ ।

प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रियतर्फ ११ वटा जहाज र आन्तरिकमा १७ वटा जहाज बिसान ‘पार्किङ’ क्षमता रहेको छ । ३३ विमानको रात्रिकालीन बेस अनुरुप गर्नुपर्ने हुन्छ । तर, हाल आन्तरिकतर्फ ५१ वटा विमान पार्किङ भइरहेको छ । हाल आन्तरिकतर्फ ११ वटा हेलिकोप्टर कम्पनीका ३८ वटा हेलिकोप्टर तथा नौ वटा वायुसेवा कम्पनीका ५२ वटा जहाज रहेका छन् ।

यसका साथै, हेलिकोप्टरको हकमा हाल पार्किङ भइरहेको स्थानमा एक महिनाभित्रै एशियाली विकास बैंकको ऋण सहयोगमा ह्यांगर निर्माण सुरु हुने भएकाले साइट क्लियर गर्न जरुरी रहेको प्राधिकरणको भनाइ छ । काठमाडौं बाहिरका १० वटा विमानस्थलमा रात्रिकालीन बिसान गर्नेगरी व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।

त्यसका लागि ५० करोड खर्च भएको र आवश्यक सुरक्षा तथा अन्य सेवा सुविधा उपलब्ध गराइएको जनाएको छ । वायुसेवा सञ्चालकसँग छलफल गरेर कमिटी गठन गरेर अहिलेको निर्णयमा पुगिएको प्राधिकरणले स्पष्ट पारेको छ ।