कुमारी बैंक र महाराजा रिसोर्टबीच छुटसम्बन्धी सम्झौता
वि.सं.२०७९ असार ८ बुधवार ०२:०१
shares

कुमारी बैंक र बुटवलस्थित महाराजा रिसोर्टबीच एक सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई महाराजा रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्नेगरी समझदारी भएको बताइएको छ ।
सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नविन मुनि बज्राचार्य तथा महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरे । सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो रिसोर्टबाट सेवा लिएवापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ र फुडिङ शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

























