global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल हङकङसँग ७ विकेटले पराजित

नेपाल हङकङसँग ७ विकेटले पराजित

नेपाल हङकङसँग ७ विकेटले पराजित

एसीसी वुमन्स टी–२० च्याम्पियनसीपअन्तर्गत नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ ।  मंगलबार मलेसियाको किनरारा ओभलमा भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको हो । 

नेपालले दिएको ११० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो । हङकङका लागि मारिको हिलले सर्वाधिक ४५ रनको योगदान दिइन् । यस्तै, नतासा माइल्सले २८ तथा कप्तान केरी चानले १७ रनको योगदान गरिन् । 

नेपालकी संगीता राईले २ तथा सीता राना मगरले १ विकेट लिइन् । 

यसअघि टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०९ रनको योगफल बनाएको थिया । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ३२ सर्वाधिक रन जोडिन् । यस्तै, बिन्दु रावलले २३, अप्सरी बेगमले २२, सीता राना मगरले ९ तथा ममता चौधरीले ७ रन बताइन् । 

नेपाल हङकङसँग पराजित भएपनि यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । समूह बी मा रहेको नेपाल ४ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ । 

नेपाल शीर्ष स्थानमा रहँदै सेमिफाइन खेल्न अन्तिम खेलमा हंङकङ कुवेतसँग फराकिलो अन्तरले पराजित हुनुपर्छ । 

प्रकाशित समय : २१:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु