global ime bank Long Banner Ad

गृहपृष्ठ सेयर बजारमा हरियाली, १९ सय अंकमाथि पुग्यो नेप्से

सेयर बजारमा हरियाली, १९ सय अंकमाथि पुग्यो नेप्से

सेयर बजारमा हरियाली, १९ सय अंकमाथि पुग्यो नेप्से

सेयर बजारमा आज नेप्से ३७.४९ अंकले र 'क' वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ८.१८ अंकले बढेको छ । मंगलबार सेयर बजारमा २ सय ३१ कम्पनीका ३७ लाख कित्ता सेयर किनबेच भएका छन् ।

आज २४ हजार ९ सय ८३ पटकको खरिदबिक्रीबाट १ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ । कुल १३ वटै समूहका सूचकहरु आज बढेका छन् । ती समूहका मध्ये १ सय ८९ कम्पनीको सेयर बढेको छ भने ६ वटाको घटेको छ । आज आँधीखोला लघुवित्त, सीवाइसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।

गुमाउने लगानीकर्ताले आज २.९३ प्रतिशतसम्म घाटा व्यहोर्नुपरेको छ । आज पनि नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित समय : २१:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु