global ime bank Long Banner Ad

गृहपृष्ठ योगलाई खेलकुदसँग जोड्नुपर्छ : मन्त्री गहतराज

योगलाई खेलकुदसँग जोड्नुपर्छ : मन्त्री गहतराज

योगलाई खेलकुदसँग जोड्नुपर्छ : मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले योगलाई खेलकुदसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।  आठौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा  आयोजित कार्यक्रममा बोल्दै मन्त्री गहतराजले योगलाई खेलकुदकै अंगका रुपमा विकास गर्नुपर्ने बताए । 

पछिल्लो समय विश्वभर योग संस्कृतिले व्यापकता पाइरहेको उल्लेख गर्दै मन्त्री गहतराजले खेलकुदका अलावा शिक्षा र स्वास्थ्यलाईसमेत योग संस्कृतिसँग जोड्नुपर्ने बताए । 

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आर्ट अफ लिभिङले वर्ल्ड ट्रेड सेन्टरमा आयोजना गरेको विशेष कार्यक्रमका मन्त्री गहतराज योगाभ्यासमा समेत सहभागी भएका थिए । 

हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।
 

प्रकाशित समय : २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु