global ime bank Long Banner Ad

गृहपृष्ठ ‘होण्डा मनसुन एक्सचेन्ज’ योजना सार्वजनिक

‘होण्डा मनसुन एक्सचेन्ज’ योजना सार्वजनिक

‘होण्डा मनसुन एक्सचेन्ज’ योजना सार्वजनिक

होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेन्ज’ नामक उपहार योजना ल्याएको छ ।  प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजार रुपैयाँ सम्मको एक्सचेन्ज बोनस तथा ४ हजार रुपैयाँ सम्मको क्यासब्याक पनि हात पार्न सकिने कम्पनीले जनाएको छ ।

यस्तै फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ । योजना यही असार ५ देखि १० गतेसम्म मात्रै लागू हुनेछ । यस योजनाअन्तर्गत उपत्यका भित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ ।

होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित समय : १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु