गृहपृष्ठ प्रवासी नेपालीको मताधिकारबारे ध्यानाकर्षण गराउन महामन्त्रीद्वय निर्वाचन आयोग जाँदै
प्रवासी नेपालीको मताधिकारबारे ध्यानाकर्षण गराउन महामन्त्रीद्वय निर्वाचन आयोग जाँदै
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै छन् । आयोगका प्रमुख आयुक्त दिनेश प्रसाद थपलियालाई भेटेर ध्यानाकर्षण गराइने उनीहरुले बताएका छन् ।
मंगलबार बिहान ११ बजे निर्वाचन आयोगका प्रमुख आयुक्तलाई भेट्ने समय तय भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी गराए ।
‘सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ,’ महामन्त्री शर्माले भने, ‘सर्वोच्चको अदालतको परमादेश अनुसार प्रधानमन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गरायौं । आज निर्वाचन आयोगका प्रमुख आयुक्तलाई भेट्ने भएका छौं ।’
प्रकाशित समय : १४:१४ बजे



















