nmb bank

गृहपृष्ठ एसीसी महिला च्याम्पियनसिप : नेपाल र बहराइन भिड्दै

एसीसी महिला च्याम्पियनसिप : नेपाल र बहराइन भिड्दै

एसीसी महिला च्याम्पियनसिप : नेपाल र बहराइन भिड्दै

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप क्रिकेटमा आज नेपाल र बहराइन भिड्दैछन् । नेपाल र बहराइनबीचको खेल मलेसियाको वाईएसडी यूकेएम ओभलमा बिहान १०:३० बजे सुरु हुने छ ।

यसअघि लगातार दुई खेलमा जित निकालेको नेपाल आज तेस्रो जित निकाल्दै सेमिफाइनल प्रवेशको लक्ष्यसहित मैदान उत्रिँदैछ । आजको खेलमा जित निकाले एक खेलअगावै नेपालले सेमिफाइनलमा स्थान बनाउनेछ । समूह 'बी'को नेपाल २ खेलबाट ४ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । बहराइन २ खेलमा १ अंक जोडेर चौंथो स्थानमा छ ।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो । नेपालले अन्तिम खेलमा भोलि हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित समय : १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु