गृहपृष्ठ विश्व व्यवस्थामा चिनियाँ चुनौती सामना गर्न बाइडेनको बेइजिङ रणनीति

विश्व व्यवस्थामा चिनियाँ चुनौती सामना गर्न बाइडेनको बेइजिङ रणनीति

विश्व व्यवस्थामा चिनियाँ चुनौती सामना गर्न बाइडेनको बेइजिङ रणनीति

अन्तर्राष्ट्रिय व्यवस्थामा चीनलाई चुनौतीको रूपमा चित्रण गर्दै राष्ट्रपति जो बाइडेनले अमेरिकी हित तथा नियममा आधारित प्रणालीको रक्षा गर्न चीनसँग प्रतिस्पर्धा गर्ने रणनीति अघि सारेका छन् । 

अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले आफ्नो नीतिगत सम्बोधनमा रूसभन्दा चीनले अन्तर्राष्ट्रिय प्रणालीमा सबैभन्दा गम्भीर चुनौती खडा गरेको खुलासा गर्दै विश्व व्यवस्थालाई पुनःसंरचना गर्ने आर्थिक, कूटनीतिक, सैन्य र प्राविधिक क्षमता भएको एक मात्र देश चीन भएको बताएका हङकङ पोष्टले जनाएको छ । 

चीन विश्व अर्थतन्त्र र जलवायु परिवर्तनदेखि कोभिडसम्मका समस्याहरूलाई सम्बोधन गर्ने क्षमताका लागि पनि महत्वपूर्ण भएको उल्लेख गर्दै हङकङ पोष्टले चीनको समस्यासँग जुध्न बाडेनको दृष्टिकोण अपर्याप्त भएको टिप्पणी गरेको छ । 

अमेरिकी विदेशमन्त्रीले गत हप्ता अमेरिकाको नेतृत्वमा रहेको इन्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क फर प्रस्परिटीको सुरुवात भएको बताएका थिए ।  उनको यही भनाइलाई लिएर उक्त पत्रिकाले हिन्द–प्रशान्त क्षेत्रमा परम्परागत सुरक्षा सहयोगभन्दा आर्थिक सहयोगलाई समर्थन गर्ने र चीनलाई आफ्नो प्रमुख व्यापारिक साझेदार मान्ने भएकाले यस ढाँचामा स्वतन्त्र व्यापार सम्झौता समावेश हुनुपर्नेमा जोड  दिएको छ । 

यसैबीच, अमेरिकी सांसद्हरूको द्विपक्षीय समूहले सरकारलाई चीनमा अर्बौँ लगानी कटौती गर्न अनुमति दिने घोषणा गरेको छ । देशको राष्ट्रिय एवम् आर्थिक सुरक्षाका निम्ति लगानी कटौती गर्नेसम्बन्धी सम्झौतालाई अनुमति दिने निर्णय भएको जनाइएको छ । स्वदेशी उद्योगका सरोकार सम्बोधन गर्न सांसद्हरूले उक्त निर्णय गरेका बताइएको छ । 
 

प्रकाशित समय : २३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु