डिशहोम फाइबरनेटले कमेडी हबकाे सहप्रायोजन गर्ने
वि.सं.२०७९ असार २ बिहीवार २३:००
shares

मिडिया हबको प्रस्तुति हास्य रियालिटी कार्यक्रम ‘कमेडी हब’को सहप्रायोजन डिशहोम फाइबरनेटले गर्ने भएको छ ।
एपीवान टेलिभिजनमा बुधबार साँझ ८ बजे प्रसारण हुने ‘कमेडी हब’ माग्नेबुढा (केदार घिमिरे)ले निर्देशन गरेका छन् । राम राजेन्द्र, हिमेश पन्त, जानुका केसी, नारिया गिरी लगायतका हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुति रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भागसम्म प्रसारण भइसकेको छ ।
























